Logo
Logo

संसद्मा उत्तर दिन नसक्ने ‘डरपोक’ प्रधानमन्त्रीले लिपुलेक फर्काउँदैन : हर्क साम्पाङ 


315
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसद्मा अनुपस्थित हुन डरेको संकेत भएको बताएका छन् । 

The current image has no alternative text. The file name is: hark-2.jpg

उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहलाई डरपोकको संज्ञा दिएका छन् । उनले संसद्मा उठेका प्रश्नहरूको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्दै प्रश्न समेत गरे । 

उनले लेखेका छन्, ‘संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने । जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरू छैन ।’

प्रतिक्रिया दिनुहोस्