Logo
Logo

मकैबारीमा मृत गैँडा भेटियो


315
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।

The current image has no alternative text. The file name is: gaida.jpg

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । 

उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्