Logo
Logo

हटाइयो पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको बस्ती 


315
Shares

काठमाडौं । डिभिजन वन कार्यालय बाराले ३ नम्बर पुल नजिकको बस्ती डोजर लगाएर खाली गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीले शुक्रवार बिहान डोजर लगाएर बस्ती खाली गरेको हो । 

डिभिजन वन कार्यालय बाराले वन क्षेत्र र निकुञ्जको क्षेत्रमा बस्ती रहेकाले हटाउनु परेको जनाएको छ । 

दुई हप्ता अघि सडक विभागको सूचना पछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर आफैँले खाली गरेर व्यवसायीहरूले सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेका थिए । त्यसैमा आज डोजर चलाइएको हो । 

त्रिभुवन राजमार्गको हेटौंडा-पथलैया खण्डमा पर्ने तीन नम्बर पुल क्षेत्र यो मार्ग भएर यात्रा गर्ने यात्रुहरुको विश्रामस्थलको रूपमा परिचित थियो । ७० भन्दा धेरै व्यवसायीको होटल व्यवसाय सन्चालनमा रहेको यो बजार खाली गरिएको हो । 

जिल्ला वन कार्यालयले पटकपटक माइकिङ र लिखित सूचना बस्तीमा टाँस्दा पनि स्थानीयले अटेर गरेकाले डोजर चलाउनु परेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्