Logo
Logo

आज कहाँ-कहाँ पर्दै छ पानी ?


0
Shares

काठमाडौं । आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: Barsa.jpg

आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भागका र मधेश प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्