काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बस्ने तय भएको छ।

बैठकमा पार्टीभित्रको कार्यविभाजन, गत निर्वाचनको समीक्षा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। एमालेका एक नेताका अनुसार प्रदेश सरकारहरूको समीकरण परिवर्तनबारे नेपाली कांग्रेस र एमालेबीच भइरहेको छलफल पनि बैठकको एजेण्डामा पर्न सक्नेछ।
सत्ता साझेदारी सम्बन्धी दुई दलबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकारको नेतृत्व हेरफेरको तयारी भइरहेका बेला सचिवालय बैठकमा त्यसबारे समेत छलफल हुने सम्भावना रहेको जनाइएको छ।
यसैबीच, अध्यक्ष ओली पक्राउ परेपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो।














