Logo
Logo

नेपालका देवेन्द्र आले बने बेलायती सेनामा कर्णेल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ माघ ।
नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा भएका छन् । स्याङजा स्थायी घर भएका उनी गत बिहीबार कर्णेल पदमा बढुवा भएका हुन् । आले करिब ३० वर्षेदेखि बेलायती सेनामा कार्यरत छन् । सो पदमा पुग्ने उनी पाँचौ नेपाली हुन् ।


स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक छन् । उनका पिता मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिकमा क्याप्टेन भएका थिए । उनका हजुरबुबा होबिर आले प्रजातन्त्र सेनानी हुन् । पछि उनी स्याङजाबाट सांसद समेत भएका थिए ।
सिंगापुरमा जन्मिएका आले पढाई भने हङकङ र नेपालमा भयो । हङकङ र काठमाडौंको बुढानिलकण्ड स्कुल पढेका उनले अमृत साइन्स कलेज काठमाडौँमा आइएसी गरे । त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा क्लर्क पदबाट भर्ना भएका थिए । क्षमताकै कारण आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनी उच्च पदमा पुगेका छन् ।
यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेलसम्म भएका थिए । सो पदमा पाँचौ नेपाली बनेका आले करिब तीन वर्षपछि अवकाश पाउनेछन् । उच्च पथमा पुग्न पाएकोमा आफूलाई गर्व लागेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्