
काठमाडौं । नेपाली सेनाले र्याप गीत सार्वजनिक गरेको छ । नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।
तीन दिन अघि सार्वजनिक भएको यो गीत समाचार तयार पार्लासम्म १ लाख ७४ हजार बढीले हेरेका छन् । गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।














