काठमाडौं । जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार स्टकल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।

सोमबार किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्टकल्यान्ले ३९.१ ओभरमा अलआउट हुँदै १९४ रन जोडेको हो ।
उसको लागि ब्राडोन म्याकमुलनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।
बलिङतर्फ नेपालको लागि ललित नारायण राजवशि ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिए ।
यो पनि पढ्नुहोस्














