
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन् ।
सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिन माग गरे ।
उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस् । हामी श्रमदान गरेर बनाउने छौँ ।’














