काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।

समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा कुल १६ उजुरी परेको छ ।
समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबार सकिएसँगै समितिले प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ हुनेछ ।
न्यायाधीश डा। शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।














