काठमाडौं । कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति साङ्केतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो ।

एसोसिएसनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मङ्गलवार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिने छ ।














