Logo
Logo

अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि आवेदन दिन स्वदेश फर्किनुपर्ने


0
Shares

एजेन्सी । अमेरिकामा ग्रिनकार्डका लागि आवेदन दिन अब स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रिनकार्ड आवेदन दिन पाउने छैनन् ।

उनीहरूले आफ्नो देश फर्केर त्यहाँको अमेरिकी दूतावासमार्फत मात्र आवेदन दिनुपर्नेछ । संस्थाले ग्रिनकार्ड कुनै स्वचालित अधिकार नभई विवेकमा आधारित प्रशासनिक कृपा मात्र भएको स्पष्ट पारेको छ । अमेरिका नछोडी स्टाटस परिवर्तन गर्न खोज्नेलाई नकारात्मक रूपमा हेरिनेछ । तर, एच–वान–बी, एल–वान भिसाधारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ ।

यसैबीच, ट्रम्प प्रशासनले देशनिकालासम्बन्धी मुद्दाहरू छिटो टुङ्ग्याउन एकैपटक ८० भन्दा बढी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ । जुन न्याय मन्त्रालयको इतिहासमै सबैभन्दा ठूलो एकल नियुक्ति हो ।

अर्कोतिर, आप्रवासन र सीमा सुरक्षाका लागि अर्बौं डलर उपलब्ध गराउने ट्रम्प प्रशासनको प्रमुख विधेयक भने सिनेटमा रिपब्लिकन पार्टीकै सांसदहरूको विरोधका कारण सङ्कटमा परेको छ । न्याय मन्त्रालयले प्रस्ताव गरेको १ अर्ब ८० करोड डलरको राजनीतिक प्रतिशोध विरुद्धको कोषले पार्टीभित्र तीब्र मतभेद सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्