Logo
Logo

ट्राफिकलाई १५० रुपैयाँ घुस ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ मंसिर ।
ट्राफिक प्रहरीलाई १५० रुपैयाँ घुस दिन खोज्ने पक्राउ परेका छन् । आइतबार लैनचौरमा ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।


आफुलाई कारबाही नगर्न भन्दै उनले १५० रुपैयाँ डिउटीमा रहेका जवान संविधान श्रेष्ठलाई दिएका थिए । घुससहित उनलाई पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । घुससहित पक्राउ गर्ने कर्मचारीलाई महाशाखाले पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्