Logo
Logo

‘प्रकाश’देखि ‘रोल नं वान’सम्मः थिएटरबाट सिनेमाको पर्दासम्म


रेनुनाथ योगी, कलाकार

0
Shares

रेनुनाथ योगीको सानैदेखिको रुचि कलाकार बन्ने थियो । उनको यही रुचिले डो¥याउँदै उनलाई थिएटरदेखि सिनेमासम्म पु¥यायो । एकदशक लामो समयदेखि कलाकारिता क्षेत्रमा आफ्नो भाग्य खोजिरहेकी कलाकार रेनुको कामलाई धैरैले प्रशंसा गर्ने गर्छन् । छोटो समयमै कलाकारिता क्षेत्रमा व्यस्त रहेकी उनले थिएटरदेखि म्युजिक भिडियो हुँदै सिनेमासम्म यात्रा तय गरेकी हुन् । यतिबेला उनी एकपछि अर्को आफू अभिनित चलचित्रको प्रमोशनमा व्यस्त रहेकी छिन् । चलचित्र ‘रोल नं वान’को प्रमोशनमा व्यस्त रहेकी उनै कलाकार रेनुनाथ योगीसँग रेजिना पाण्डेको जम्काभेटः

अहिले केमा व्यस्त हुनुहुन्छ ?

यही जेठ १५ गते हाम्रो चलचित्र ‘रोल नं वान’ हलहरूमा लगेको छ । यसैको प्रमोशनमा व्यस्त छु । अहिले म लगायत हाम्रो ‘रोल नं वान’को पूरै टिम नै यही चलचित्रको प्रमोशनमा हिँडिरहको छौं ।

‘रोल नं वान’ कस्तो खालको चलचित्र हो, यसमा अरु चलचित्रभन्दा नयाँपन के छ ?

यो ‘रोल नं वान’ चलचित्र बालमनोविज्ञानमा आधारित चलचित्र हो । सायद, नेपालमा यस्ता खालको चलचित्र पहिलो पटक बनेको छ । बालबालिकाको सोच र मनोविज्ञानलाई यसमा जीवन्त र फरक ढगंले प्रस्तुत गरिएको छ । साथै, सिनेमाका लागि चाहिने राम्रा र मिठा थप प्रस्तुति पनि रहको छ । गीत, संगीत, संवाद, कथा सबै राम्रो छ । जतिले ट्रेलर हेर्नुभएकोछ, सबैले मनपराइदिनु भएको छ ।

यो सिनेमा दशर्कले रुचाउनेमा कति आशावादी हुनुहुन्छ ?

कथाबस्तु कन्टेन्टको हिसाबले चलचित्र राम्रो बनेको छ । हरेक अभिभावकले यो चलचित्र हर्न जरुरी छ जस्तो मलाई लाग्छ । दर्शकले हरेपछि पक्कै पनि यो चलचित्रलाई हामा्रे समाजको चरित्रचित्रण गरिएको पाउनुहुन्छ ।

उसो भए, यो चलचित्रले व्यावसायिक सफलता हासिल गर्नेमा ढुक्क हुनुहुन्छ ?

ढुक्क नै छु । म मात्रै होइन, यस चलचित्रको सम्पूर्ण टिम नै यसबाट आशावादी हुनुहुन्छ । त्योसँगै यो चलचित्रमा हरेक पात्रहरूको बलियो भूमिका छ । यस चलचित्रका कलाकार सबैलाई अहिले देखिरहेको भन्दा फरक अवतारमा देख्न सक्नुहुन्छ ।

अरु थप कुनै नयाँ प्रोजेक्टमा पनि काम गर्दै हुनुहुन्छ कि ?

नयाँ प्रोजेक्टको पनि कुरा भईरहको छ, बिस्तारै थप काम गर्दैछु । म कलाकार भएकाले नयाँ–नयाँ प्रोजेक्टमा काम गर्न पाउनु मेरा लागि अवसर पनि हो ।

अहिलेसम्म तपार्इँले पाँचवटा सिनेमामा काम गरिसक्नुभयो, यी मध्ये उत्कृष्ट चाहिँ कुन लाग्छ ?

सबै प्रोजेक्ट मन परेर नै गरिन्छ । सबै उत्कृष्ट छन् । राम्रा निर्माता, निर्देशक र राम्रो टिमसँग काम गर्ने अवसर पाएको छु । तैपनि तपाईँले सोधिहाल्नुभयो, पहिलो चलचित्र भएकाले पनि होला, मलाई ‘प्रकाश’ नै मन पर्छ । जसबाट मैले सिने क्षेत्रमा डेव्यु गरेकी थिएँ । त्यो चलचित्रमा मेरो अलगैै खालको क्यारेक्टर थियो, त्यसबाट मैले धैरै कुरा सिक्ने अवसर पनि पाएको थिएँ ।

तपार्इँलाई चलचित्र क्षेत्रमा ‘लक्की’ नायिका पनि भन्न मिल्छ हैन ?

हो म भाग्यमानी नायिका हुँ । फिल्ममा अवसर पाइरहेको छु । यो मेरा लागि खुशीको कुरा पनि हो । राम्रा प्रोजेक्टहरूमा काम गर्ने अवसरहरु मिलेको छ । मलाई सबैले विश्वास गर्नुहुन्छ । त्यसैले पनि होला म आफूलाई लक्की नायिका नै भन्न रुचाउँछु ।

थिएटरबाट सिने क्षेत्रमा किन आउनुभयो ?

लामो समयदेखि थिएटरमा फ्रिलाइन्सर भएर पनि धैरै काम गरेकी छु । एउटा कलाकारलाई फराकिलो ठाउँमा हिँड्न मन लाग्छ । जताततै पुग्न पाए हुन्थ्योजस्तो लाग्छ । थिएटरमा सीमित दर्शक हुन्छन् भने सिनेमाको बजार ठूलो र फराकिलो छ । सिनेमाको भीड बैग्लै छ । मलाई सबैले चिनुन र कलाकार क्षेत्रमा आफनो पहिचान बनाउन सकियास् भनेर नै सिनेमामा आएको हँु ।

आगामी चलचित्रमा कोसँग स्क्रिन शेयर गर्न मन छ ?
नेपालमा सबै कलाकारहरू राम्रा छन् । जोसगँ काम गरे पनि मेरो लागि राम्रो अवसर हो । म कलाकार भएकाले पनि सबैसँग काम गर्न उस्तै मन हुन्छ । एउटा मात्रै भन्ने चाहिँ छैन ।

तपाईँको कलाकारिताको यात्रा कसरी शुरु भयो ?

म नैनीताल भारतमा जन्मेर त्यतै हुर्केको हुँ । त्यहाँ म बसेको समाजमा धार्मिक नाटकहरू प्राय भईरहन्थे। जस्तो रामलिला हुँदा म पनि सीता बन्थेँ । त्यस्तै कहिले राधा बनेर पनि अभिनय गर्थे । यी बाहेक अरु थुप्रै क्यारेक्टर पनि निभाएको छु ।

बलिउड अभिनेत्री माधुरी दीक्षीतको डान्स मलाई निकै मन पथ्र्यो । उनको डान्सले पनि मलाई निकै प्रभाव पारेको हो । स्कुलका कार्यक्रममा पनि म सहभागी भइरहन्थे । नेपाल आएपछि पनि यो हुटहुटिले मलाई छोडेन । थिएटरमा नाटकको ट्रेनिङ लिएर मण्डला गुरुकुल शिल्पीमा फ्रिलाइन्सर भएर पनि काम गरे । म्युजिक भिडियो गरेर सिनेमा गरेको हुँ । त्यसपछि अहिलेसम्म निरन्तर कलाकारिता क्षेत्रमै लागिरहेको छु ।

नाटक चाहिँ कतिवटा गर्नुभयो ?

१७ वटा भन्दा बढी गरेकी छु ।

तपाईँले म्युजिक भिडियो चाहिँ रोज्नुभएन जस्तो छ ?

हो, १३ वर्षको यो कलाकारिता यात्रामा थिएटर र सिनेमामै धैरै काम गरेको छु । म्युजिक भिडियो भने एउटा मात्रै गरेको छु । अफर नआएका होइनन्, तर म्युजिक भिडियोमा मेरो खासै रुचि भएन ।

कलाकारिताको यात्रालाई कहाँसम्म लैजाने धोको छ ?

मेरो जीवन नै कलाकारिताका लागि हो । मैलै बाल्यकालबाटै देखेको सपना पनि यही हो । जब कलाकारितालाई बुझ्दै गए तब कलाकारिता नै मेरो जीवनको लक्ष्य बन्दै गयो । त्यसले मेरो जीवनको बाँच्ने आधार कलाकारिता बनायो । अब यसबाट म कहिल्यै बाहिरिन्न जस्तो लाग्छ ।

उमेर छउञ्जेलसम्म त कलाकारितामा लाग्न्ुाहुछ, उमेर ढल्केपछि चाहिँ के गर्ने ?

कलाकारिता क्षेत्रमा पनि उमेर अनुसारकै काम छ, खाली बस्नु पर्दैन । अहिले अभिनयमा रमाउँदै कामको अनुभव बटुलिरहको छु, पछि पनि यसै क्षेत्रमा केही न केही नै गरिराख्छु ।

प्रतिक्रिया दिनुहोस्