Logo
Logo

सिंहदरबार गेटबाट विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीनिकट विद्यार्थी सङ्गठन नेविसंघका नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ।

प्रधानमन्त्री बालेन शाहको गैर जिम्मेवार पूर्ण अभिव्यक्तिविरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको बेलामा पक्राउ गरिएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

उनका अनुसार पक्राउ पर्नेमा नेविसंघमा आबद्ध विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकार माथि ठाडो उल्लङ्घन गर्दै विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु अत्यन्त निन्दनीय घटनाको रूपमा नेपाली कांग्रेसले लिएको छ । गिरफ्तार भएका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहाइ गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्