Logo
Logo

एआइजीको विवादास्पद भाषण


3.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन र उद्धारमा ‘डेडिकेटेट’ फोर्सको रुपमा लिइन्छ । जोखिमपूर्ण काममा खटिने सुरक्षाकर्मीलाई पर्याप्त उपकरण र गतिलो सुविधा भने अझैसम्म राज्यले उपलब्ध गराइसकेको छैन  । गोताखोरलाई उद्धारमा खटिएका बेलामा दिनको तीन सय रुपैयाँ भत्ताबाहेक अरू प्रोत्साहन रकम समयमा दिनसकेको छैन ।

सशस्त्र प्रहरीको एउटा यूनिट विपत् व्यवस्थापनमा निपुण मानिन्छ । विगतमा त्यही यूनिटको कमाण्डर रहेका र हालै एआइजीमा बढुवा भएका अञ्जनीकुमार पोखरेलले केही दिन अघि सिन्धुलीको खुर्कोटमा दिएको अभिव्यक्तिलाई लिएर सशस्त्र प्रहरीभित्र आलोचना भएको छ ।

उनले गोताखोरको महत्व र अर्थ नै नबुझेको जस्तो गरेर ‘मरेको लाश निकाल्ने ठूलो कुरा होइन, जिउँदो मानिस निकालनु ठूलो कुरा हो’ भन्दै भाषण गरेका थिए ।

खुर्कोटमा उनले ‘पानीमा डुबेपछि मानिस करिब करिब ५ मिनेटमा बितिसकेको हुन्छ तीन मिनेटमा मान्छे निकाल्नसक्ने प्रविधि कहाँ होला’ भन्दै आश्चर्य व्यक्त गरेका थिए । ‘सशस्त्र प्रहरीको कमाण्ड गर्छु भन्ने प्रस्तावित एआइजीले डिआइजीको रुपमा दिएको अभिव्यक्तिले सबै गोताखोरहरुको ‘मोराल डाउन’ बनाएका छन् ।’

उद्धारमा खटिएका सुरक्षाकर्मीलाई सम्मान र प्रोत्साहन गर्नुपर्नेमा जिउँदो मान्छे निकाल्नुपर्छ भनेर थप हरेशमेण्ट गरेका भन्दै सशस्त्र फौजमा आलोचना भएको छ । लाश निकाल्नेलाई जिउदो मान्छे पानीमा पठाउने काम सबैभन्दा कठिन भएकाले सशस्त्र प्रहरीमा यस्ता विषयलाई जतिबेला पनि संवेदनशील रुपमा लिने गरिन्छ ।

नेपालमा डुबान र बाढीजन्य विपद्का घटना बर्सेनि दोहोरिने गर्छ  । तर, विपद्का कारण हुने मानवीय क्षति रोक्न तथा डुबानमा परेकालाई उद्धार तथा बेपत्ताको खोजीमा खटिने विज्ञसुरक्षाकर्मी पर्याप्त छैनन्  । खासगरी नदी तथा तालमा खसेकालाई जीवितै उद्धार गर्ने र हराएकाको खोजीमा परिचालन हुने गोताखोर अहिले सशस्त्रसँग मात्रै छ  । स्थिर पानीमा डुबेकाको उद्धार गर्न सहज भए पनि नदी तथा खोलामा बगेको पानीमा करेन्ट प्रवाह बढी हुने भएकाले उद्धारमा जोखिम रहने गर्छ ।

नेपालमा रहेका गोताखोरको व्यवस्थापन गर्ने एकमात्र निकाय सशस्त्र प्रहरी बल हो । बलका गोताखोरले बंगलादेशमा तालिम लिन्छन् । त्यहाँ स्थिर पानीमा अभ्यास गरेका प्रशिक्षार्थीले नेपालमा आएर चट्टाने खोलामा डुबुल्की मार्नुपर्दा ठूलो उनीहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।

अझ गोताखोरका लागि हुनुपर्ने न्यूनतम श्रोत साधनको अभावमा उनीहरू पूर्ण क्षमता देखाउन समर्थ हुँदैनन् । यद्यपि, प्रकृति प्रकोपबाट हुने मानवीय क्षति जोगाउन सशस्त्र प्रहरीले सातै प्रदेश, काठमाडौंको सिनामंगल, चितवनको कुरिनटार गरी दश ठाउँमा गोताखोर तयारी अवस्थामा राखेको छ । प्राकृतिक विपदका दृष्टिले नेपाल जोखिममा पर्ने मुलुक हो ।

यहाँ बर्सेनि बाढीपहिरोबाट सयौंले ज्यान गुमाउने गरेका छन् । तर यस्ता विपत्तिबाट क्षति कम गर्न हुने सरकारी तयारी टिठ लाग्दो हुने गर्छ । तर भावी नेतृत्व लिनेगरी हालै एआइजीमा बढुवा सिफारिस भएका पोखरेलले भने गोताखोर पानी पसेर जोखिम लिने कुरालाई सामान्य रुपमा लिइदिए ।

प्रतिक्रिया दिनुहोस्