Logo
Logo

काँग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताको आवेदन


882
Shares

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता खुला गर्ने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: congress-7.jpg

बैठकको निर्णयअनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले अब नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्नेछन् ।

पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन प्रक्रिया सहज र सरल बनाइएको र इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेसको वेबसाइटमार्फत अनलाइन आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

नेपाली कांग्रेसले योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्