Logo
Logo

आज यी प्रदेशमा वर्षाको सम्भावना


567
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्