
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित गरिएको छ । कोरम नपुग्ने अवस्था देखिएपछि समिति सभापति भरतबहादुर खड्काले बैठक स्थगित गरेका हुन् ।
रास्वपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने भएकाले कोरम पुग्ने अवस्था नदेखिएका कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सभापति खड्काले जानकारी दिए ।
बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषय र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल गर्ने विषयवस्तु तय गरिएको थियो ।














