Logo
Logo

प्रधानमन्त्रीलाई सन्देश पठाएका सचिवलाई करिब ७ घण्टा प्रहरी नियन्त्रण राखेर छाडियो


1.6k
Shares

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर छोडेको घटनाले कर्मचारीतन्त्र तरङ्गित बनेको छ । पुष्करलाई बिहीबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । 

The current image has no alternative text. The file name is: balen-1.jpg

सचिव पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई निजी सन्देश पठाएर ‘चेन अफ कमान्ड’ उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुन लागेका पुष्करले प्रधानमन्त्रीलाई भेट्न पटक पटक गरेको प्रयास असफल भएपछि निजी मोबाइलमा सन्देश पठाएको बताइएको छ ।

प्रहरीले सोधपुछ गरेपछि मुद्धा चलाउनुपर्ने पर्याप्त कारण नदेखेपछि पत्नीको जिम्मा लगाएर बिहीबारै राति छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्