Logo
Logo

सरकारले मानवीय संकट निम्त्यायो : कुलमान घिसिङ


315
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाका नदी किनारबाट सुकुम्वासी बस्ती हटाउने सरकारको योजना बिना गरिएको कदमले मानवीय संकट निम्त्याएको बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-ghising-1.jpg

कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको मृत्युपछि घिसिङले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै सरकारको आलोचना गरेका हुन् । उनले विना योजना सुरक्षा बल प्रयोग गरेर बस्ती हटाउँदा हालसम्म तीन जनाले ज्यान गुमाएको दाबी गरे ।

घिसिङले विस्थापितहरूलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्