Logo
Logo

सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणी : शक्तिमा आए भन्दैमा विपक्षलाई निमिट्यान्न पार्ने होइन


378
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षी दलहरूलाई पूरै नष्ट गर्ने प्रयास गर्न नहुने बताएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतको इतिहासबाट सिक्न सुझाव दिएकी हुन् । 

The current image has no alternative text. The file name is: susila-karki.jpg

कार्कीले भनिनन्, “आफू सत्तामा आएको भन्दै अर्को पक्षलाई नास्तानामुद पार्ने दिशातर्फ लाग्नु हुँदैन ।” उनले नवयुवा नेतृत्वलाई जनताको मतको सम्मान गर्दै मुलुक सञ्चालन गर्न आग्रह गरिन् । 

“संसद्मा अहिले धेरैजसो सांसदहरू हाम्रा छोरी-नाती जस्ता देखिन्छन् । युवा पुस्ताले माग गरेकै कारण उनीहरू आएका हुन् । त्यसलाई सम्मान गर्नुपर्छ,” उनले भनिनन् । कार्कीले विपक्षी दलहरूलाई पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति त्याग्न आह्वान समेत गरेकी छन् । उनले राजनीतिक प्रतिस्पर्धा सभ्य भाषामा हुनुपर्ने र यसलाई मार्गदर्शनको रूपमा लिनुपर्ने बताइन् ।

“सबै जना सधैँ युवा रहँदैनन् । अनुभव हुँदै जान्छ,” भन्दै उनले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डजस्ता नेताहरूको उदाहरण दिइन् ।उनले राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई कम नआँक्नुपर्ने पनि स्पष्ट पारिन् । 

प्रतिक्रिया दिनुहोस्