Logo
Logo

नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले


441
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्न सरकार अझ बढी निर्मम बन्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सुशासन कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: sownrim.jpg

वाग्लेले वर्तमान सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशमा गठन भएको बताए । सरकारले डिजिटलाइजेशनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र मेरिटोक्रेसी (योग्यता प्रणाली) स्थापित गर्ने मुख्य लक्ष्य लिएको छ । उनले विगतमा गरिबीको नाममा राजनीतिक नारा मात्रै दिइएको तर दीर्घकालीन समाधानमा ध्यान नदिइएको बताए ।

“गरिबलाई नगद बाँड्दैमा गरिबी अन्त्य हुँदैन,” उनले भने, “उनीहरूलाई मध्यम वर्गमा उकास्न सम्मानजनक रोजगारी ९डिसेन्ट जब्स० आवश्यक छ । यसका लागि निजी क्षेत्र सक्रिय हुनुपर्छ ।” अर्थमन्त्री वाग्लेले बजेटमार्फत अर्थतन्त्रमा ‘बिग ब्याङ रिफर्म्स’ सुरु गरेको दाबी गरे । कर प्रणालीमा ठूलो सुधार गर्दै १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने र उच्च आयकर दरलाई १० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको जानकारी गराए । यसले लगानीमैत्री वातावरण सिर्जना गर्ने उनको भनाइ हरेको छ ।

आयकर कटौतीबाट हुने राजस्व घाटालाई उपभोगमा आधारित कर प्रणाली (ब्रोड बेस्ड कन्जम्पसन ट्याक्स) मार्फत पूर्ति गर्ने रणनीति लिइएको उनले बताका छन् । उनले सरकारले अनावश्यक अन्तःशुल्क खारेज गर्दै उत्पादनमूलक क्षेत्रलाई संरक्षण दिएको बताए । सरकारले मध्यम वर्गको विस्तार, आर्थिक सुरक्षा र निजी क्षेत्रको प्रवर्धनलाई प्राथमिकता दिएको उनको भनाइ रहेको छ । वाग्लेले सरकारले निर्वाचनअघिका प्रतिबद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्