Logo
Logo

७७९ विद्युतीय सवारी नियन्त्रण प्रकरणमा संयुक्त छानबिन समिति गठन


693
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनबारे विस्तृत छानबिन गर्न सरकारले संयुक्त छानबिन समिति गठन गरेको छ।

The current image has no alternative text. The file name is: arrested.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको हो ।

समितिले नियन्त्रणमा लिइएका सवारीसाधन राखिएको स्थानमै पुगेर स्थलगत रूपमा छानबिन सुरु गरिसकेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सुशासन र राजस्व सुरक्षालाई ध्यानमा राख्दै छानबिन प्रक्रिया द्रुत गतिमा अघि बढाइएको हो ।

सरकारले राजस्व चुहावट नियन्त्रण र कानुनी प्रक्रिया प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्