Logo
Logo

रास्वपाको नीलो क्रान्ति टिक्दैन, अब हरित क्रान्ति ल्याउँछौँ : कुलमान घिसिङ


441
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा अब हरित क्रान्ति आवश्यक रहेको बताउँदै आफ्नो पार्टीले त्यसको नेतृत्व गर्ने दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: kulman-4.jpg

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले विगतमा भएका विभिन्न आन्दोलनहरूले राजनीतिक परिवर्तन मात्र ल्याएको तर अब दिगो विकास र सुशासन केन्द्रित परिवर्तन आवश्यक भएको बताए ।

‘उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ। अब हरित क्रान्ति गर्छौं हामी,’ उनले भने। उनका अनुसार विगतमा सेतो क्रान्ति, रातो क्रान्ति र दशक लामो जनयुद्धमार्फत राजनीतिक परिवर्तन भए पनि अपेक्षित संरचनात्मक सुधार हुन सकेन ।

उनले पछिल्लो जेनजी आन्दोलनअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले “नीलो क्रान्ति” को अवधारणा अघि सारेको उल्लेख गर्दै त्यसले दीर्घकालीन प्रभाव नछोड्ने टिप्पणी गरे।

‘नीलो क्रान्ति धेरै दिन टिक्दैन । अन्तिम समाधान भनेको हरित क्रान्ति हो,’ घिसिङले भने।

उनका अनुसार हरित क्रान्तिको मुख्य आधार सुशासन, दिगो विकास र संस्थागत स्थायित्व हुनेछ । उनले उज्यालो नेपाल पार्टीको झण्डा हरियो हुनु पनि यही अवधारणासँग जोडिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्