Logo
Logo

मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने


252
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।

The current image has no alternative text. The file name is: rabi-lamichhane-2-1-1024x500-1.jpg

पाँचदिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी दिएका हुन्।

‘भारतीय प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिसकेको छु। प्रधानमन्त्री र भाजपाका अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘आवश्यकताअनुसार विभिन्न राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने निरन्तर चलिरहन्छ। हेरौँ समयले कहिले जुराउँछ, दुवै तर्फको जुरेपछि हुन्छ।’

उनी भाजपाको निमन्त्रणामा भारतको भ्रमणमा गएका थिए, जहाँ उनलाई भव्य स्वागत गरिएको थियो। रविले प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्