Logo
Logo

सिभिल बैंकले ल्यायो ‘सम्मान बचत खाता’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिभिल बैंकले ‘सम्मान बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु–अपांग बिमा तथा १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा पनि निःशुल्क रूपमै उपलब्ध गराउने जनाएको छ ।
योजनामा सहभागी ग्राहकले बिमाका सुविधा प्राप्त गर्न बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले स्पष्ट पारेको छ ।

न्यूनतम मौज्दात शून्य रहेको यस बचत खातामा ग्राहकका लागि निःशुल्क चेकबुक, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिट्यान्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबिबिएस सुविधा उपलब्ध रहेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्