Logo
Logo

दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन : ६ जना प्रहरी नियन्त्रणमा


567
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूलाई हुनसक्ने सम्भावित झडपलाई रोक्न नियन्त्रणमा लिएको जनाएको छ । 

The current image has no alternative text. The file name is: india.jpg

आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।हालसम्म स्थिति नियन्त्रणमै रहेको र अन्य कुनै अप्रिय घटना नघटेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्