Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन


378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ ।  शनिवार श्रम संस्कृति पार्टीले माइतीघरमा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो ।

The current image has no alternative text. The file name is: maietigher.jpg

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताए । उनले प्रधानमन्त्रीले नेपालको भूमी अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गरे । उनले प्रधानमन्त्रीले माफी नमागेसम्म धर्ना दिई राख्ने बताए । 

प्रदर्शनमा सहभागीहरूले ‘संसद्मा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन !’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो की विदेशीको दलाल हो ?’, लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्