काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा रिक्त ५ कार्यकारी समिति सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रवार एक सूचना प्रकाशित गर्दै इच्छुकलाई ५ दिन भित्र दरखास्त दिन भनेको हो ।
मन्त्रालयले यसअघि नियुक्तिका लागि रोष्टर भर्न भनेको थियो । सो रोष्टरमा सूचीकृत भइसकेकाको हकमा भने पुनः बायोडाटा पठाउनु नपर्ने भएको छ । सरकारले एक साथ राजनीतिक नियुक्तिका पदहरू खारेज गर्दा पर्यटन बोर्ड समेत अहिले नेतृत्वविहीन अवस्थामा छ ।














