काठमाडौं । नेपालमा परम्परागत चुरोट र सुर्ती सेवनबाहेक नयाँ किसिमको जोखिमल किशोरकिशोरीलाई पनि गाँज्न थालेको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सुर्ती सेवनको परम्परागत प्रवृत्ति कायम हुँदाहुँदै ई-सिगरेट वा भेप अनि शीशा र हुक्काजस्ता नौला हानिकारक अम्मलले सानै उमेरदेखि प्रभाव पार्न थालेको देखाएको छ ।

सर्वेक्षण नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यूथ टोबाको सर्भे २०२५ भनेर गरेको हो । एक वर्ष लगाएर देशको सातै प्रदेशस्थित ५० वटा विद्यालयका ३,००० भन्दा धेरै सातदेखि १० कक्षाका विद्यार्थीहरूमाझ उक्त सर्वेक्षण गरिएको गरिएको हो ।
स्कूले विद्यार्थी उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनको प्रवृत्ति कस्तो छ र यसको नतिजामार्फत् उपयुक्त नीति निर्माणमा सघाउन सर्वेक्षण गरिएको हो ।
प्रारम्भिक प्रतिवेदनमा स्कूले किशोरकिशोरीमाझ १८.७ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ । जसमा चुरोट, गुट्खा, बिँडीका अतिरिक्त शीशा, हुक्का, ई-सिगरेट वा भेप समेत परेको छ । तेह्रदेखि १५ वर्ष उमेर समूहमा सेवनको अवस्था १७.५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
किशोर उमेर समूहमा परम्परागत सुर्तीजन्य पदार्थको सेवनभन्दा ई-सिगरेटरभेप, हुक्का, शीशाजस्ता नौला पदार्थको प्रयोगको प्रवृत्ति दोब्बर रहेको पाइएको छ । यसअघि यस्तै सर्वेक्षण सन् २०११ मा गरिएको थियो । त्यतिखेरको तुलनामा परम्परागत सुर्तीजन्य पदार्थको सेवनमा धेरै फरक नपरे तापनि ई९सिगरेट, भेप, शीशा, हुक्काको प्रयोग कुलत भने उल्लेख्य रूपमा बढेको पाइएको हो ।
चुरोट वा भेपको पहिलो सर्को लिनेहरुको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढेको सर्वेक्षणले देखाइको छ । करिब ४१.५ प्रतिशत विद्यार्थीले १० वर्षको उमेर नपुग्दै पहिलो पटक चुरोट वा भेप सेवन गरेको बताएका छन् ।
सर्वेक्षणका अनुसार उपलब्धता र पहुँचले यो समस्या थप गहिरिएको छ । स्कूलको हाताभन्दा १०० मिटर वरपर सुर्तीजन्य पदार्थको बेचबिखन गर्न नपाइने भनिए तापनि यथार्थ अवस्था त्यस्तो नभएको पाइएको सर्वेक्षणले देखाएको छ । अभिवाकले नै छोराछोरी चुरोट, खैनी किन्न पठाउने चलन पनि अझै व्याप्त रहेको सर्वेक्षणले देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले वयस्कलाई भन्दा पनि कलिला उमेरकालाई झन् धेरै असर पार्छ । विश्वमै यस्ता पदार्थको सेवनले फोक्सोमा चोट पुग्ने घटनाहरू बढेका छन् । यसलाई ुभेप९इन्ड्युस्ड लङ इन्जरीु भनेर पनि चिनिन्छ ।
नेपालमा पनि यस्ता केसहरू बिस्तारै देखा पर्न थालेका छन् । कलिलो उमेरमा निरन्तर भेप प्रयोग गर्दा जीवननै जोखिममा पर्न सक्छ । खोकी लाग्नेदेखि लिएर निमोनिया बिग्रने एआरडीएस भनिने जटिल अवस्थासम्म आइपर्न सक्छ । भेपरई९सिगरेट, शीशा, हुक्कामा सुगन्धयुक्त र धुवाँरहित भनिए पनि त्यस्ता पदार्थमा निकोटिन जस्तो कुलतमा फसाउने तथा हानिकारक रसायनहरू हुने जानकारहरू बताउँछन् ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले ई-सिगरेट वा भेपजस्ता कुनै पनि सुर्तीजन्य पदार्थ सेवनका गर्न सुरक्षित नहुने भनेको छ । तिनले गर्भवती महिला, गर्भमा रहेका शिशु अनि युवालाई सबभन्दा धेरै असर गर्ने उसले बताएको छ ।
त्यस्ता ई-सिगरेटमा क्यान्सर गराउने रसायन तथा फोक्सोको भित्रसम्म पुगेर हानि पु¥याउन सक्ने ससाना कणहरू हुने उसले जनाएको छ । सर्वेक्षण पुरा प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । प्रतिवेदन चाँडै सार्वजनिक गरिने जनाइएको छ ।














