Logo
Logo

दिल्लीमा बालेनको बचाउ गर्दै परराष्ट्रमन्त्रीले भने- सीमा विवादमा बेलायत गुहारेका हैनौं


315
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपाल र भारतको सीमा विवादको विषयमा बेलायतको मध्यस्थता खोजेको नभई दस्तावेजहरूको पहुँचको कुरा गरेको बताएका छन् ।

केहि दिनअघि संसदको रोष्टममा उभिएर प्रधानमन्त्री वालेन शाहले सीमा विवादका लागि बेलायत सरकारसँग पनि कुरा गरिरहेको बताएका थिए । त्यसको जवाफमा परराष्ट्रमन्त्री खनालले भने, ‘हामीलाई ऐतिहासिक प्रमाणहरू आवश्यक पर्छन्, हामी यूकेका पुस्तकालय वा संग्रहालयहरूमा हुनसक्ने केही दस्तावेजहरूमा हाम्रो पहुँच हुन सक्छ कि भनेर हेर्न मात्र चाहन्थ्यौँ । यसको अर्थ हामीले मध्यस्थता मागेका हौँ भन्ने होइन ।’

खनालले प्रधानमन्त्री बालेनको भनाइलाई थप व्याख्या गर्दै नेपाल र भारतबीच आपसी कुराकानी र कूटनीतिक माध्यमबाट सीमा विवादहरू समाधान गर्न चाहेको उल्लेख गरेका छन् । यस विषयमा भारतको विदेश मन्त्रालयले समेत यसअघि नै पत्रकार सम्मेलन गरेर नेपाल–भारत सीमा विवादमा तेस्रो देशको संलग्नता स्वीकार नगर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्