Logo
Logo

पूर्व प्रहरी अधिकृत क्लब गठन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ माघ ।
अवकाशप्राप्त पूर्व प्रहरी अधिकृतहरुले नयाँ संस्थाको स्थापना गरेका छन् । पूर्व एआईजी भिष्म प्रसाईको संयोजकत्वमा ‘नेपाल पूर्व प्रहरी अधिृकत क्लब’ गठन गरिएको हो ।


क्लबको सहसंयोजका पूर्व एआईजी रणबहादुर चन्द छन् । त्यस्तै पूर्व एसएसपी यादबराज खनाल सदस्यसचिव, पूर्व एसएसपी धनान्द भट्ट र पूर्व डिएसपी नारायण गिरी सदस्य छन् । यो तदर्थ समिति भएको र छिट्टै काठमाडौंमा भेला बोलाउन लागिएको जानकारी दिइएको छ । अवकाशप्राप्त पूर्व प्रहरी अधिकृतबीच एकीकृत गरी गर्न र देश, समाज तथा पूर्व प्रहरीको हितमा काम लगाउन क्लब गठन गरिएको जानकारी गराइएको छ ।
नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुँवरले क्लब गठन भएको स्वागत गरी बधाई दिएका छन् । क्लबका लागि भवन बनाउन संगठनले जग्गा उपलब्ध गराउन समेत तयार रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्