Logo
Logo

विवाद चर्किएपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

शनिबारबाट जलेश्वरमा सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको हो ।

निर्वाचन संयोजक मनिषकुमार साहले विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लाका प्रतिनिधिहरूसँग परामर्श तथा शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन रोक्ने निर्णय गरिएको हो । उक्त निर्णयमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झाललगायत नेताहरूको सहमति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्