Logo
Logo

ईश्वरी भुजेल मृत्यु प्रकरण: ‘नेपाली ब्रो’की प्रेमिका भनिएकी युवतीसहित अन्य तीनजना पक्राउ


1.7k
Shares

काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहित अन्य तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि फलामको रड प्रहार गरेको आरोप छ। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्।

उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मृतकका श्रीमान् कुमार थापासहित नुवाकोटको तारकेश्वर-४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्। पक्राउ परेकी प्रतिक्षा आचार्य ‘नेपाली ब्रो’की प्रेमिका भएको बताइएको छ।

‘नेपाली ब्रो’ भनेर चिनिने थापाले आफूलाई रेस्लरका रूपमा चिनाउने गरेका थिए। शुक्रबार राति १०:१० बजे घरायसी विवादका क्रममा रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्