Logo
Logo

देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावाको सम्भावना


378
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: tatato-hawa.jpg

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्