Logo
Logo

सर्वदलीय बैठकमा को-को सहभागी हुँदै छन् ?


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पार्टीका नेताहरू सहभागी हुँदै छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane-.jpg

नेपाली कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाले सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन बैठकमा सहभागी हुँदै छन् । 

सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्