काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिपछि २० दिन लामो बिदामा बसेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छन् ।

सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन् ।सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ । मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलाससमेत छ ।
मल्ल सरकारले आफूलाई प्रधान न्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी थिइन् । सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन् । बिदामा बसेपछि उनी पहिलोपटक सोमबार अदालतमा हाजिर भएकी हुन् ।














