Logo
Logo

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उत्तर कोरियामा भव्य स्वागत


1.2k
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीलाई भव्य स्वागत गरेका हुन् । 

The current image has no alternative text. The file name is: xijingping.jpg

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जुले मुस्कुराउँदै र ताली बजाउँदै चिनियाँ राष्ट्रपतिको स्वागत गरेको देखाइएको छ । विमानस्थलमा रातो गलैँचा ओछ्याइएको र त्यसको दुवैतर्फ उत्तर कोरियाली सेनाहरू लाइनबद्ध भएर उभिएको दृश्य भिडियोमा कैद छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने किम जोङ उन र सी चिनपिङबिच हात मिलाएर भेटघाट भएको तथा उत्तर कोरियाली बालबालिकाहरूले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेको छुट्टै रिपोर्ट सार्वजनिक गरेको छ।

दुई देशका शीर्ष नेताहरूबिच अहिले के९कस्ता विषयमा छलफल भइरहेको छ भन्नेबारे सार्वजनिक गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्