Logo
Logo

संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुहुन्न : कवीन्द्र बुर्लाकोटी


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन् । 

The current image has no alternative text. The file name is: kabindra.jpg

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल–भारत सीमा सम्बन्धी विवाद परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले जवाफ नदिने प्रस्ट पारेका हुन् । 

‘संसद्को अवरोध अन्त्य गर्नका लागि सभापतिले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको छ । आवश्यक परेको खण्डमा सदनमा पनि राख्न सकिन्छ भन्नुभयो’, बुर्लाकोटीले भने– ‘संसद्को अवरोध हटाउने विषयमा धेरै अगाडि बढेको छ । प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालय छन् । सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको जवाफ हो ।’

प्रतिक्रिया दिनुहोस्