काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा बारे प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर वा जनतालाई सम्बोधन गरेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीले आफ्नो भनाई नसच्याएसम्म अरू विषयमा प्रवेश गर्न नसकिने स्पष्ट गरेका छन् । उनले देशको भूगोल सबै भन्दा ठुलो कुरा भएकोले प्रधानमन्त्री बोलेको विषयमा अरूले जवाफ दिएर आफूहरूलाई मान्य नहुने बताए ।














