Logo
Logo

‘तस्करी ट्रान्जिट’ बन्दै कपिलवस्तु


1.2k
Shares

काठमाडौं । भारतसँग सीमा जोडिएको कपिलवस्तुको मर्यादपुर–डंगरी क्षेत्रमा तस्करी बढेको सन्दर्भमा सशस्त्र प्रहरी मूख्यालयमा उजुरीको चाङ लागेको छ । गत वैशाखमै त्यहाका एसपी गोपाल अधिकरीलाई यो विषयमा मूख्यालयले स्पष्टिकरण नै सोधेको थियो । तर पनि तस्करी नरोकिएकोभन्दै आइजीपी सचिवलायमा उजुरीको चाङ लागेको हो । पछिल्लो समय अवैध चोरी तस्करी तथा भन्सार छलीका गतिविधिको प्रमुख मार्गका रूपमा कपिलवस्तुका विभिन्न नाकालाई लिन थालिएको छ ।

स्रोतका अनुसार एसपी अधिकारीले आँखा चिम्लिएका कारण तस्करी बढेको बताइन्छ । खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री, किराना सामानलगायत दैनिक उपभोग्य वस्तुहरू भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याउने क्रम बढ्दै गएको भन्दै स्थानीयवासी तथा सरोकारवालाले मूख्यालयलाई उजुरी गरिरहेका छन् ।

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउटपोस्ट) मर्यादपुर–डंगरी स्थापना गरिए पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो स्थानीय स्तरमा बढेको छ । सीमा सुरक्षाका लागि राज्यले जनशक्ति, स्रोत र साधन परिचालन गरे पनि अवैध आयात तथा राजस्व छलीका गतिविधि रोक्न चुनौती देखिएको स्थानीयको भनाइ छ ।

स्थानीय स्रोतका अनुसार पछिल्ला महिनाहरूमा विशेषगरी रातिको समयमा सीमावर्ती खेत, ग्रामीण बाटो तथा खुला नाकाहरू प्रयोग गरी विभिन्न सामान नेपाल ल्याउने गएिको स्रोतको दावी छ । कतिपय अवस्थामा साना–साना समूह बनाएर सामान ओसारपसार गरिने र त्यसलाई स्थानीय बजारसम्म पु¥याइने गरिएको आरोप छ । यस्ता गतिविधिका कारण वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू समेत मारमा परेको रहेको बजार समेत ठप्प हुने गरेको छ ।

व्यवसायीहरूका अनुसार भन्सार तिरेर सामान ल्याउने व्यापारीले राज्यलाई राजस्व बुझाउनुपर्ने हुन्छ भने अवैध रूपमा सामान ल्याउनहरुले त्यस्तो दायित्व पूरा नगर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको छ । यसको प्रत्यक्ष असर वैधानिक व्यवसायमा मात्र नभई सरकारी राजस्व संकलनमा समेत परेको उनीहरूको भनाइ छ ।

सीमा क्षेत्रमा सक्रिय तस्करहरूले खाद्यान्न, चिनी, दाल, मसला, कपडा, जुत्ता, हार्डवेयर सामग्री, कस्मेटिक वस्तु तथा विभिन्न किराना सामानलाई प्राथमिकता दिने गरेको स्थानीयहरूको दावी छ । यस्ता सामानहरू सानो परिमाणमा पटक–पटक ल्याउने शैली अपनाइने भएकाले सुरक्षा निकायलाई निगरानी फितलो बन्दै गएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार सीमा क्षेत्रमा केही व्यक्तिहरूले तस्करीलाई संगठित स्वरूप दिन खोजेको आशंका पनि बढेको छ । खुला सीमाको फाइदा उठाउँदै विभिन्न समयमा सामान ओसारपसार हुने गरेको चर्चा स्थानीय तहसम्म पुग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्