
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर फेरफेर गर्ने काम गरेको भन्दै छानविनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गरेको छ ।
सोमवार संघीय संसद भवन परिसरमा उक्त पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीलेसञ्चारकर्मीमाझ अर्थमन्त्री वाग्लेले मन्त्रालयमा बसेर करका दर हेरफेर सम्बन्धि १७ पेज गराएको जिकिर गर्दै उनीमाथि छानविन गर्न संसदीय समिति नै गठन गर्नुपर्ने बताएका हुन् ।
उनले अर्थमन्त्री वाग्लेले करका दर चुहावट गराएर भन्सारमा नै नल्याइएको करिव १२ सय वटा गाडीहरु भन्सार चेकजाँज पास भएको उल्लेख गर्दै आपत्ति समेत जनाए । नेता शाहीले अर्थमन्त्री वाग्लेमाथि त्यस्तो अपराध गरेमा राजद्रोहको मुद्दासमेत लाग्न सक्ने कानूनी व्यवस्था रहेको पनि बताए ।
नेता शाहीले अर्थमन्त्री वाग्ले करको दररेट चुहावट हुने कुरा गम्भिर भएकाले यसमा छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।














