Logo
Logo

आइजीपी कार्कीको कमाण्ड क्षमतामा प्रश्न


5.4k
Shares

काठमाडौं । आइजीपी दानबहादुर कार्की कमेडी क्लबमा सहभागी हुने तर सरुवा बढुवा ध्यान नदिने भन्दै संगठनभित्र उनको आलोचना भएको छ । गृह मन्त्रालयले यसैसाता गरेको ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेसँगै प्रहरी संगठनभित्र सरुवाको मापदण्ड, चेन अफ कमाण्ड र नेतृत्व छनोट प्रक्रियाले नेतृत्वको कमाण्ड क्षमतामाथि ठूलो बहस सुरु भएको हो । एसएसपी सरुवा आलोचना खेपेका कार्की त्यसको ‘ह्याङ’ मेटाउन दुई दिन्अघिमात्रै हास्यरोष्ट शो कमेडी क्लबमा सहभागी भएका थिए ।

विशेषगरी काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा गरिएको नेतृत्व परिवर्तनले संगठनभित्रै अनेक प्रश्न उठाएको मात्र होइन, मन्त्रालयले गरेको निर्णयमा आइजीपी मुकदर्शक बन्नु र आफू मातहतका कर्मचारीको कार्यक्षमतमालाई प्रस्तुन गर्न नसक्नुले कमाण्ड क्षमतामा प्रश्न उठाएको हो ।

गृह प्रशासनको समेत नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेको र त्यसमा प्रधानमन्त्रीका निजी सचिव सुभास शर्माले गरिरहका छन् । उनको निर्देशनमा गरिएको सरुवामा आइजीपीको कार्यक्षमतामाथि प्रश्न उठेको हो । सुरक्षा संगठनबारे कुनैपनि जानकारी नराख्ने एउटा सामान्य व्यवसायमा संलग्न नभएका शर्माले दिएको निर्देशनमा गृहमन्त्रालयमा पेश गरिएको सूची असामान्य रहेको छ ।

यद्यपि एसएसपी सरुवाको निर्णय गृहमन्त्रीस्तरबाट हुने व्यवस्था छ । प्रहरी संगठनमा हस्तक्षेप नगर्ने नीति लिएका शाहले यसपटकको एसएसपी सरुवामा भने प्रत्यक्ष प्रभाव पारेको छन् । आइजीपी दानबहादुर कार्कीलाई भेट नदिई सुभास शर्मा र गृहसचिवलाई जिम्मा दिएर गरिएको सरुवामा सवैभन्दा अमिल्दो अपरिपक्व र कार्यसम्पादन मूल्यांकनको कमजोर मापन गरिएको छ ।

काठमाडौं प्रहरी परिसरको नेतृत्व एसएसपी दिलीप घिमिरेलाई दिइएको छ भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी एसएसपी शान्तिराज कोइरालाले पाएका छन् । यतिबेला दुवै जनाको सरुवालाई लिएर प्रहरी वृत्तमा ठूलो हलचल भैरहेको छ । घिमिरेले विहिबार नै जिम्मेवारी सम्हालेका छन् । उता कोइरालालाई ट्राफिक आउनबाट रोकिएको छ । जबकि कोइरालाले ‘ग’ श्रेणीको कार्यालयमा कार्यरत थिए । उनको पालो ‘क’ श्रेणीको कार्यालय हाक्ने नै थियो ।

प्रहरी संगठनमा सामान्यतया वरिष्ठता, कार्यसम्पादन, नेतृत्व क्षमता तथा संस्थागत आवश्यकता हेरेर प्रहरी महानिरीक्षकको सिफारिसमा जिम्मेवारी दिने गरिन्छ । तर यसपटकको सरुवामा ती आधारलाई आइजीपीले च्याति दिएका छन् । रास्वपाका सांसदहरुलाई निवासमा बोलाएर खान खुवाउन अभ्यस्त रहेका आइजीपी कार्कीले यस्ता सरुवामा जसले जहाँ कमाण्ड पाएपनि वेवास्था गर्ने गरेका छन् ।

पूर्वगृहमन्त्री सुधन गुरुङको दबाबमा प्रधानमन्त्री शाहले काठमाडौं परिसरमा घिमिरेको सरुवा गरेको भनिएपनि घिमिरेको सरुवामा श्रीमतीको बसुन्धरा खड्का नै लागिपरेकी थिइन । एसएसपी घिमिरे २०५८ सालमा प्रहरी निरीक्षक बनेको ब्याचबाट तेस्रो चरणमा एसएसपीमा बढुवा भएका अधिकृत हुन् । उनीभन्दा अघि सोही ब्याचका धेरै अधिकृत एसएसपीमा बढुवा भइसकेका थिए । बढुवा भएको छोटो समयमै देशकै सबैभन्दा संवेदनशील र महत्वपूर्ण मानिने काठमाडौं प्रहरी परिसरको नेतृत्व पाउनु आफैंमा चासोको विषय बनेको छ ।

प्रधानमन्त्री शाह सांसदमा निर्वाचित भएको जिल्ला झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्का हुन् । घिमिरे र खड्का श्रीमान–श्रीमती हुन् । प्रहरी स्रोतका अनुसार एसपी खड्काकै जोडबल र पहुँचका कारण घिमिरेले काठमाडौं परिसरको नेतृत्व पाएको चर्चा छ । झापामा निर्वाचन गराउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग निकटता बढाएकी खड्काले जसरी पनि श्रीमानलाई काठमाडौं प्रहरी प्रमुख बनाउन सक्रिय भूमिका खेलेको आरोप लाग्ने गरेको छ । आइजीपी कार्कीलाई शुरुमै बसुन्धराको प्रभाव रहेको चर्चा थियो ।

त्यस्तै एसएसपी शान्तिराज कोइराला आफ्नो प्रकृया अन्र्तगत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्डमा पुगेपनि उनलाई रोक्न नसकेर विगतमा एसपी हुँदा दाङ र बारा बसेर प्रहरी संगठनलाई बद्नाम गराएका एसपी सुरेश काफ्लेलाई पठाइएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्सामा इन्चार्ज रहेका कोइरालाले ट्राफिक प्रहरी प्रमुख नपाएपनि कुनै न कुनै क श्रेणीको कमाण्ड पाउनुपर्ने थियो ।

प्रहरी महानिरीक्षक कार्कीले यसमा अडान लिन नसकेनन यसमा उनको ठूलो कमजोरी रहेको छ । यसले भविष्यमा हुने सरुवाहरूमा समेत समस्या निम्त्याउने जानकारहरू बताउँछन् । यी सरुवा प्रकरणले के अब प्रहरी संगठनमा ‘चेन अफ कमाण्ड’ भत्किएको हो भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

आइजी कार्कीलाई काँधमा बोकेर हिड्ने डिएन ज्ञावालीलाई तालिम केन्द्रमा पठाइएको छ । अपराध अनुसन्धान कार्यमा अब्बल मानिएका कृष्ण कोइरालाईलाई गण्डकी प्रदेश खेदिएको छ । सम्पत्ति शुद्धिकरण, मानव वेचविखन अनुसन्धान व्यूरोमा रहेर हाकिम रिझाउने कृष्ण पंज्ञेनीलाई पनि काठमाडौं बस्ने सुविधा दिइएको छ । तुलबहादुर कार्कीलाई भने यसपटक ललितपुर ल्याएर न्याय गरिएको देखाइएको छ ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, विराटनगरमा सरुवा भएका एसएसपी भीमबहादुर दाहालको सरुवापनि रोचक नै रहेको छ । प्रहरी सेवाको लामो अवधि पूर्वी क्षेत्रमा बिताएका दाहाल पुनः सोही क्षेत्रमा फर्किन सफल हुनु संयोग मात्र हो वा प्रभावको परिणाम भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया दिनुहोस्