Logo
Logo

रसुवा भन्सारमा लक्ष्मी ग्रुपको बदमासी

भन्सार कर्मचारीमाथि कारबाही, छानबिन प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइँदै


1.6k
Shares

काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्ने उद्योग वाणिज्य महासंघ जस्तो गरिमामय संस्थाको नेतृत्वमा रहेका अञ्जन श्रेष्ठको लक्ष्मी समूहले पदीय मर्यादाको धज्जी उडाउँदै रसुवा भन्सारबाट ‘काइयी’ ब्राण्डका चिनियाँ इभी आयात गर्दा विवाद भएको छ । जेठ १५ गते बजेट घोषणा हुनुपूर्व चिनियाँ भन्सारको कागजातको आधारमा प्रज्ञापन पत्र भरेर जेठ १५ गतेपछि उक्त इभी पुरानै मितिमा नेपाल भन्सार जाँचपास गरिएपछि विवाद उत्पन्न भएको हो ।

रसुवा भन्सार कार्यालयका कर्मचारीहरुसँगको मिलेमतोमा उक्त ‘काइयी’ ब्राण्डका इभी भन्सार पास गराइएपछि त्यस प्रकरणमा रसुवा भन्सारका कर्मचारीहरु छानबिनमा परेका छन् ।

लक्ष्मी ग्रुपका निराकर श्रेष्ठ संलग्न यो प्रकरणलाई अन्यत्र मोड्न ‘मिडिया ट्रायल’ गरिएको र आफ्नो गल्ती लुकाउन अन्य कम्पनीको इभीमाथि छानबिन भएको भ्रम मिडियामा छरिएको थियो ।

त्यही बिन्दुबाट सुरु भएको इभी आयातमा कर छलीको कुरालाई लिएर अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि पनि नैतिक दबाब परेको छ । अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेको सूचना चुहाएको हल्ला पनि यही समूहले गरेको र आफ्नो बदमासी लुकाउन अर्थमन्त्री वाग्लेलाई अन्य इभी ब्राण्डसँग जोडेको कुरा लुकेको छैन ।

स्रोतका अनुसार तीन महिना अगाडिको बुकिङको आधारमा चीनबाट व्यवसायीहरुले गाडी अर्डर गरिएको थियो । उक्त गाडीहरु जेठ १५ अगाडि नै रसुवा र केरुङनाकामा आइपुगेको थियो । रसुवा र केरुङनाकामा आएका विभिन्न ब्राण्डका कतिपय इभी गाडीहरु जेठ १५ अगाडि नै छुटाइएको थियो भने, पुरानो प्रज्ञापनपत्रको आधारमा जेठ १५ पछि भन्सार पास गरिएपछि विभागले छानबिन गरेको थियो ।

हरेक वर्षको बजेट भाषणमा करको दर हेरफेर हुने भएकोले व्यवसायीहरुले बजेट अगाडि नै विभिन्न ब्राण्डका गाडीहरु आयात गर्ने गरेका हुन् । यो नियमित प्रक्रिया हो । यस प्रक्रियामा कागजातहरुमा फरक देखिए त्यो छानबिनको प्रक्रियामा पर्दछ । तर कुनै कारणवश चीनबाट नेपाल भित्रिएका गाडीहरु समयमै भन्सार ‘क्लियर’ नहुनु भन्सार र एजेन्टको त्रुटि हो । तर, रसुवानाकामा भन्सार जाँचपास भएका ‘काइयी’ ब्राण्डका इभीमाथि कारबाही सुरु हुनासाथ अर्थमन्त्री वाग्लेलाई जोडेर बदनाम गराउन खोज्दा सम्पूर्ण इभी आयातकर्ताहरु मर्कामा परेका छन् ।

रसुवा र तातोपानीबाट काइयी इभी ६० वटा नेपाल आयात भएको भन्सार स्रोतले बताएको छ । भन्सार विभाग स्रोतका अनुसार, अञ्जन श्रेष्ठको लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई समूहले जेठ १५, १६, १७ र १८ गतेको मध्यरातमा ६० वटा काइयी गाडीहरू भन्सार पास गराएको थियो । यी गाडीहरू भित्र्याउने बेला नाकाका सीसीटीभी क्यामेराका तारहरू समेत कर्मचारीकै मिलेमतोमा काटिएको सूचना बाहिरिएपछि विभागले छानबिन गरेको हो ।

आफ्नो कालो कर्तुत सार्वजनिक हुने डरले लक्ष्मी समूहले अर्को प्रतिष्ठित ब्राण्डलाई बदनाम गराउने षड्यन्त्रसमेत रचेको पाइएको छ । श्रेष्ठले आफ्नो अवैध आयातको घटनालाई अन्यत्र मोड्न भन्सार प्रशासनमा अन्य ब्राण्डका इभीका बारेमा गलत र भ्रामक सूचना सम्प्रेषण गरेको खुलेको छ ।

बिवाइडीले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाको लाभ नलिएको दाबी गरेको छ । २२६ वटा सवारीसाधन अझै पनि चीनतर्फकै भन्सार क्षेत्रमा रोकिएर पारदर्शी प्रक्रियाको पर्खाइमा रहनुले उसको व्यावसायिक इमानदारिता पुष्टि गर्छ । तर, यही विश्वविख्यात ब्राण्डलाई नेपालमा बदनाम गर्न खोजिएको छ ।

श्रेष्ठको दुषित मनसायका कारण विवाईडीका कानुनसम्मत ढंगले पहिले नै प्रक्रिया पूरा गरी आएका गाडीहरूलाई समेत भन्सारमा अनावश्यक झमेला सिर्जना गरिएको छ । आफ्नो स्वार्थका लागि अरूको स्वच्छ व्यवसायमाथि हिलो छ्याप्ने श्रेष्ठको यो कदमले निजी क्षेत्रकै शिर निहु¥याएको छ ।

यता, बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भने आफूहरूले प्रचलित कानुनको पूर्ण पालना गरेको स्पष्ट पारेको छ । कम्पनीका अनुसार बजेट घोषणा हुनुअघि नै नेपाल भित्रिएका र भन्सार जाँचपास भएका गाडीहरू ग्राहकको पहिलेकै बुकिङ पूरा गर्नका लागि नियमित प्रक्रियाअन्तर्गत ल्याइएका हुन् ।

बिवाइडीले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाको लाभ नलिएको दाबी गरेको छ । २२६ वटा सवारीसाधन अझै पनि चीनतर्फकै भन्सार क्षेत्रमा रोकिएर पारदर्शी प्रक्रियाको पर्खाइमा रहनुले बिवाइडीको इमानदारिता पुष्टि गर्छ ।

यो गम्भीर नीतिगत भ्रष्टाचारमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि अहिले छानबिनको प्रक्रिया सुरु भएको छ । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीको नेतृत्वमा प्रहरी, अर्थ मन्त्रालय र सशस्त्र प्रहरीका अधिकारीहरू सम्मिलित टोलीले जेठ १४ गतेको हाराहारीमा भित्रिएका गाडीमाथि सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्