
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । वडा, पालिका र जिल्लाको अधिवेशनपछि रास्वपाले आजदेखि प्रदेश अधिवेशन गर्न लागेको हो ।
तर, विवादको कारण केही जिल्लामा भने जिल्ला अधिवेशन नै हुन सकेको छैन । रास्वपाले गएको शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशन गर्ने तालिका थियो ।
आज (जेठ २६) देखि आगामी असार १ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने रास्वपाको कार्यतालिका छ । आज
बागमती प्रदेशको अधिवेशन उद्घान पार्टी सभापति रवि लामिछानेले गर्ने तयारी छ । सभापति लामिछानेले बागमतीको अधिवेशन उद्घाटन गरेपछि अन्य प्रदेशको अधिवेशन सुरु हुने रास्वपाले जनाएको छ ।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । त्यसका लागि केन्द्रीय तहका नेताहरू विभिन्न प्रदेशमा पुगेका छन् ।














