
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन् । त्यसमाथि अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेको भन्दै विपक्षीले अवरोध कायम गरेका छन् ।














