Logo
Logo

सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राष्ट्रियता जस्तो संवेदनशील विषय र बजेट निर्माणका क्रममा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री तथा सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिले राष्ट्रियतामाथि गम्भीर त्रुटी गरेको टिप्पणी गरे । उनले उक्त विषयमा आम नागरिकले समेत प्रतिक्रिया जनाइरहेकाले प्रधानमन्त्री स्वयंले संसदमा उपस्थित भई स्पष्टीकरण दिनु वाञ्छनीय रहेको बताए ।

उनले बजेट निर्माण र भन्सार महशुलका सन्दर्भमा अर्थमन्त्रीको भुमिकामाथि उठेका प्रश्नहरूबारे पनि सरकारको ध्यानाकर्षण गराए । बजेट पेश हुने क्रममा भएका केही कार्यहरूमा वैदेशिक चलखेल वा मिलेमतोको आशङ्का उब्जिएको भन्दै उनले यसबारे पनि सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर विषय हो, यसमा प्रतिपक्षले अनावश्यक बखेडा झिकेको होइन । जनताले यसबारे सत्यतथ्य खोजिरहेका छन्, त्यसैले प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ । सभामुख भनेको संसद्को गरिमा कायम राख्ने र सबै दलहरूलाई समन्वय गर्ने सर्वोच्च निकाय हो । प्रतिपक्षलाई साथमा लिएर र सबै राजनीतिक दलहरूसँग आवश्यक छलफल गरेर मात्र सदन अगाडि बढाउनु उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्