काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने खबर सत्य नभएको बताएका छन् ।

आफ्नो सचिवालयमार्फत उनले बाहिर चलेको हल्ला सत्य नभएको बताएका हुन् । सचिवालयले उक्त प्रस्तावका बारेमा कोइराला र उनको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै जानकारी नआएको बताएको छ ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै बाहिर आएका यस्ता समाचारहरू मनगढन्ते, कपोलकल्पित र भ्रामक भएको उल्लेख गर्दै यसको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता कोइरालालाई विशालनगरस्थित सचिवालयमा आएर भेटेका थिए । त्यसयता कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको सचिवालयले प्रस्ट पारेको छ ।














