
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्म आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन् । कांग्रेसले सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति आजसम्मलाई तोकेको छ ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको हो ।
कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गरेको छ । कांग्रेसले १५औं महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय गरिसकेको छ ।














